प्रधानमन्त्री पत्नी आरजु राणा देउवा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काई क्याफेमा बसेर मज्जा लिँदै — OSNepal

प्रधानमन्त्री पत्नी आरजु राणा देउवा २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काई क्याफेमा बसेर मज्जा लिँदै

LC (KTM) June 22, 2022 0

बाग्लुङ :

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले २ सय ५५ मिटर अग्लो भिरमा रहेको स्काई क्याफेमा बसेर चियापान गरेकी छन् । बाग्लुङको बलेवामा रहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा निर्मित स्काई क्याफेमा बसेर उनले चियापान गरेकी हुन् ।

कालीगण्डकी नदी खोँचमा नदिदेखि दुई सय ५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर बनाइएको स्काई क्याफेमा देउवाले नेपाली कांग्रेस नेता अर्जुन जोशीलगायत कार्यकर्तासँगै बसेर चियापान गरेका हुन् ।

युवाहरूको विशेष रोजाइको केन्द्र बनेको द क्लिफमा पर्यटकलाई नयाँ स्वाद दिने उद्देश्यले संचालन गरिएको हो । १५ मिनेट समय बिताउन पाइने उक्त क्याफेमा जुस वा कफीसहित फुड प्लाटर खान पाइन्छ भने क्याफेमा प्रतिव्यक्ति दुईई हजार पाँच सय रुपैयाँ शुल्क लाग्छ । जसअन्र्तगत भिडिायो पनि पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर