काठमाडौं :
चर्चित पत्रकार रवि लामिछाने प्रति लक्षित गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य नहुनु बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लख्दै उनले यस्तो बताएका हुन् ।
रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनी लेख्छन् ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनु पर्दछ’ ।
लामिछानेले मंगलबार राष्ट्रिउ सभागृहबाट नयाँ पर्टी घोषण गरेका थिए । उनले पाटीै घोषणा गरेसँगै पार्टी र सिद्धान्तलाई लिएर विभिन्न राजनीतिक दलका नेताहरुले टिकाटिप्पणी गरिरहेका छन् ।