युरोकपमा पौने १० बजे वेल्स र टर्की तथा पौने १ बजे ईटाली र स्विजरल्याण्ड भिड्दै , रुसद्धारा पहिलो जित दर्ता — OSNepal

युरोकपमा पौने १० बजे वेल्स र टर्की तथा पौने १ बजे ईटाली र स्विजरल्याण्ड भिड्दै , रुसद्धारा पहिलो जित दर्ता

LC (KTM) June 16, 2021 0

युरोकप फुटबलमा अबका दूई खेलमा वेल्स र टर्की तथा इटाली र स्विजरल्याण्ड बीच प्रतिष्पर्धा हुदैछ । आजको पहिलो खेलमा रुसले जित निकालीसकेको छ । दोस्रो खेलमा अहिले पौने १० बजे बाट वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेलमा वेल्स पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । तर एक खेलमा पराजय भोगीसकेको टर्की भने आजको खेलमा जित निकाल्दै स्पष्ट अंक जोड्न चाहान्छ । टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो ।

त्यस्तै आजै हुने दोस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । यी दूई टोली बीचको खेल पौन १ बजे बाट सुरु हुनेछ । आज पनि इटाली लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । स्विजरल्याण्ड भने जितका साथ स्पष्ट ३ अंक खोस्न चाहान्छ । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर