मिरानचुकको निर्णायक गोल संगै युरोकपमा रुसको पहिलो जित दर्ता — OSNepal

मिरानचुकको निर्णायक गोल संगै युरोकपमा रुसको पहिलो जित दर्ता

LC (KTM) June 16, 2021 0

युरोकप फुटबलमा रुसले पहिलो जित निकाल्न सफल भएको छ । आज भएको समुह चरणको दोस्रो खेलमा रुसले फिनल्याण्डलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो ।

रुसका लागि आजको खेलमा एलेक्सी मिरानचुक नायक साबित भए । उनले पहिलो हाफको इन्ज्युरी समयमा रुसको जितका लागि निर्णायक गोल गरे । आर्टम ज्यूबाले निकालिदिएको पासलाई सदुपयोग गर्दै उनले गोललाई पोष्टको दिशा दिएका थिए । तर खेल सुरु भएको चौथो मिनेटमा फिनल्याण्डले गोल गरेको थियो ।

त्यसले भने मान्यता पाउन सकेन । फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरे तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता नपाएको हो । जितसँगै समूह बी मा रहेको रुसले २ खेलमा स्पष्ट ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर