काठमाडौं ७ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको बताएका छन् । आर्थिक मन्दी डरलाग्दो स्थितिमा पुगेको बताएका उनले महङ्गी आकाशीएको बताएका छन् ।
निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक संकटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भैइ सकेको बताएका उनले भुकम्पमा झैं आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्नेमा जोड दिएका छन् । सबै दल एक ठाउँमा उभिनै पर्ने अवस्था आएको उनले बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत नेता गुरुङले भनेका छन् ,’निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक संकटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भैसकेको छ।भुकम्पमा झैं आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्छ। ढिलो नगरौं।’
उनले भनेका छन् , ‘मुलुकको अर्थतन्त्र दिनप्रतिदिन कमजोर बन्दै गइरहेको छ। आर्थिक मन्दी डरलाग्दो स्थितिमा पुगेको छ। महङ्गी आकाशीएको छ।
निकट भविष्यमा आउनसक्ने गम्भीर आर्थिक संकटको सामना गर्न सर्वदलीय छलफल आवश्यक भैसकेको छ। भुकम्पमा झैं आर्थिक संकट बिरुद्ध पनि सबै दल एक ठाउँमा उभिनै पर्छ।
ढिलो नगरौं।