काठमाडौँ २ असार । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवले बोलाएको पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक अवैधानिक र अनाधिकृत भएको बताएका छन् ।
आज बुधबार अध्यक्ष ठाकुरले विज्ञप्ती जारी गर्दै अनाधिकृत रुपमा बसेको बैठकले गरेको निण्र्य अमान्य हुने जनाएका छन् । विज्ञप्ती मार्फत ठाकुरले यस्तो अनाधिकृत बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई सहभागी नहुन समेत आग्रह गरेका छन् ।
निर्वाचन आयोगले गलत फैसला गरेको भन्दै आक्रोशित भएका यादवले भने बैठकमा निकै महत्वपुर्ण विषयमा छलफल हुने बताएका छन् ।