अभिनयमा आउने बारे अहिले सोचेको छैन– मिस नेपाल जोशी — OSNepal

अभिनयमा आउने बारे अहिले सोचेको छैन– मिस नेपाल जोशी

LC (KTM) June 20, 2022 0

मिस नेपाल प्रियंका रानी जोशीलाई सोमबार बाजागाजा सहित पुख्र्याैली घरमा भित्राइएको छ । मिस नेपालको ताज पहिरिन सफल जोशीले आफ्नो घर भित्रिने क्रममा स्थानीय संग खुशी साटासाट गरेकी छिन् । यसैक्रममा जोशीले अहिले आफ्नो अभिनयमा आउने कुनै सोच नरहेको प्रतिक्रिया दिएकी छिन् । अभिनयका लागि आफू तयार नभएको बताउँदै उनले यस्तो कुरा सुनाएकी हुन् ।

उनले भनिन्– म अभिनयमा पोख्त छैन अनि अर्काे कुरा मिस वर्ल्डको तयारी पनि गर्नुपर्ने छ । अहिले नै अभिनय गर्ने बारे आफुले केही पनि सोच नबनाएको बताएकी छिन् । पुख्र्यौली घर अनामनगरमा भित्रिएकी जोशीले ‘मिस वर्ल्ड’ को ताज नेपाल भित्र्याउन आफूले सक्दो प्रयास गर्ने समेत बताईन् । मिस नेपालको उपाधि जितेपछि होटल र्याडिसनमा बसेकी उनलाई परिवारले होटलदेखि घर भित्र्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर