चिकित्सकको लापरबाहीले अभिनेत्री स्वातीको भयो यो हाल — OSNepal

चिकित्सकको लापरबाहीले अभिनेत्री स्वातीको भयो यो हाल

LC (KTM) June 20, 2022 0

कहिले काँही सर्वसाधारण मात्र हैन सेलीब्रेटीले समेत गलत उपचारको शिकार हुन पुग्छन् । हो, यस्तै भएको छ कन्नड अभिनेत्री स्वाती सतीश माथि । उनले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । तर गलत उपचारका कारण उनी गंभीर संकटमा मात्र परिनन् उनको अनुहार नै कुरुप बन्न पुगेको छ । अहिले उनलाई चिन्न पनि निक्कै मुश्किल परेको छ ।

शल्यक्रियापछिका उनका केही तस्बिर पनि बाहिरिएका छन् जसलाई हेर्दा उनी हुन् भन्ने बिश्वासै गर्न गाह्रो हुने देखिएको छ । स्वातीले आफ्नो यो अवस्था हुनका लागि चिकित्सक दोषी रहेको आरोप समेत लगाएकी छिन् । रिपोर्टका अनुसार बेङ्गलोर निवासी स्वाती सतीशले हालै रुट क्यानालको शल्यक्रिया गराएकी थिइन् । यसपछि उनको पुरै अनुहार सुन्निएको थियो र दुख्न पनि सुरु भएको थियो ।

उपचारमा संलग्न चिकित्सकले उनको यो समस्या ३ दिनमा हल हुने बताएता पनि तीन हप्ता बितिसक्दा समेत उनको शारीरिक अवस्थामा कुनै सुधार नआएपछि उनी आक्रोशित भएकी छिन् । मिडिया रिपोर्टका अनुसार स्वातीले डाक्टरले आफुलाई उपचार र औषधिको बारेमा गलत र अधुरो जानकारी दिएको आरोप लगाएकी छन् । अहिले स्वाती सतीश घरमा आराम गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर