जेलमा रहेका गुन्डा नाइके समिरमान सिंह बस्नेतलाई जेलमै भेट्न पुगेका डीएसपी मिलन केसी कारबाहीमा पर्ने भएका छन् । घटना छानबिन गर्न गठित समितिले उनलाई कारबाहीको लागि सिफारिस गरेको छ। कूने पनि आपराधिक पृष्ठभूमिका व्यक्तिसँग व्यावसायिक कारणबिना भेट्नु त्रुटिपूर्ण रहेको छानबिन समितिले निचोड निकालेको छ ।
एसपी दिनेशराज मैनालीको संयोजकत्वमा गठित समितिले बिना कारण र जानकारी जेलमा पुगेको भन्दै केसीलाई विभागीय कारबाहीका लागि सिफारिस गर्ने निस्कर्ष निकालेको हो । गत एक साताअघि स्वयम्भू वृत्तका प्रमुख रहेका केसीले एक व्यक्तिलाई लिएर केन्द्रीय कारागार पुगेर गुण्डाका नाईके समिरमानलाई भेटेका थिए । यो घटना बाहिर आए लगत्तै केसीलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो ।