स्थानीय तहका उम्मेद्धारहरुले चुनावमा गरेको खर्चको बिवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा सबैको चर्चा र चासोको पात्र बन्न पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले आज सामाजिक सञ्जाल मार्फत आफ्नो चुनावको खर्चको बिवरण सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको विवरण अनुसार मेयरमा निर्वाचित हुन करिब ४ लाख खर्च गरेका छन् । स्थानीय तहको आफ्नो चुनावी अभियानमा ३ लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बालेनले जानकारी दिएका छन् । सार्वजनिक गरिएको बिवरण अनुसार मतगणनाका क्रममा मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको देखिएको छ ।
उनले सार्वजनिक गरेको खर्चको शीर्षकमा सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । १५ दिन १८५ र २४५ जनालाई खाजा र खानामा गरेर कुल १ लाख १३ हजार ५ सय रुपैयाँ खर्च भएको छ ।