प्रदेश १ मा आज फेरी १ हजार २८१ जनाले जिते कोरोना — OSNepal

प्रदेश १ मा आज फेरी १ हजार २८१ जनाले जिते कोरोना

LC (KTM) June 16, 2021 0

प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७५३ पुरुष रहेका छन् । मोरङबाट मात्र आज ५६३ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५१ हजार ७५ पुगेको छ ।

प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४१, मोरङमा १२५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ५५, विर्तामोडमा २६, भद्रपुरमा २४, मेचीनगरमा ११, कनकाईमा ८, बा¥हदशी र शिवसताक्षीमा ४–४, अर्जुनधारा र हल्दिबारीमा २–२, कचनकवल, कमल गाउँपालिका, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

मोरङको विराटनगरमा ६३, लेटाङमा २१, पथरीशनिश्चरेमा ११, बेलबारीमा १०, कटहरीमा ७, सुन्दरहरैचा र उर्लाबारीमा ४–४, केराबारी र बुढीगंगामा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ३८, इटहरीमा १८, रामधुनीमा ६, दुहवीमा ५, बराहक्षेत्रमा ४, इनररुवा र बर्जुमा ३–३, देवानगञ्जमा २, गढी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा १५, उदयपुरगढीमा २, स्थानीय तह नखुलको १, संखुवासभाको चैनपुरमा ५ र खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ३, छथर र साँघुरीगढीमा १–१, ताप्लेजुङको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र अरुणमा १–१, इलामको रोङ र चुलाचृुलीमा १–१, पाँचथरमा १ , ते¥हथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६६ हजार ८३५ पुगेको छ । संक्रिय संक्रमितको संख्या १४ हजार ६९३ रहेको छ । प्रदेश १ मा आज १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १८८ महिला र २०६ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर