काठमाडौं ६ असार । सरकारले पेट्रालिय पदार्थको मुल्य वुद्धि गरेसँगै मूल्यवृद्धिको विरुद्धमा नेकपा एमाले निकट विद्यार्थी संगठन बुटवलले आन्दोलन शुरू गरेको छ ।
आइतबार रातिबाट लागु हुने गरी पेट्रोलिय पदार्थको भाउ बढेपछि बिहानैबाट विद्यार्थी संगठनहरूले आन्दोलन शुरू गरेका हुन् ।
बुटवल क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्नुका साथै टायर बालेर नाराबाजी गरिरहेका छन् ।
मूल्यवृद्धि र सरकारको एकसाथ विरोध गरेको बताएका अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले सरकारले मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन नरोकिने जनाएका छन् ।
देशभर मूल्यवृद्धि र सरकारको विरुद्धमा तथा जनताको पक्षमा आन्दोलन गर्ने तयारी गरेको बताएका उनले सरकार जनताको पक्षमा नरहेको थप पुष्टि बताएका छन् ।
गएराति निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ,डिजेलमा २७ रुपैया वृद्धि गरेको हो ।