काठमाडौं ६ असार । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले रातारात पेट्रोलियम पदार्थको भाउले छलाङ मारेको भन्दै टिप्पणी गरेका छन् । । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेपछि नेता बाँस्कोटाले टिप्पणी गरेका हुन् ।
पम्फा–प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलाङ मारेको भन्दै टिप्पणी गरेका उनले विगतमा मूल्यवृद्धि हुँदा आन्दोलन गर्ने विद्यार्थी नेताहरूमध्ये सत्ता गठबन्धन निकटकालाई खोज्नुपर्ने बेला आएको बताएका छन् ।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई र एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीलाई सम्बोधन गर्दै
लौ न माधव कम्रेड, सुदेश पराजुली खोज्नुपर्यो भनेका छन् ।
‘युरोपको आर्थिक ईन्जिन जर्मनी कोइलायुगतिर फर्कन पर्ने अवस्थामा पुगेछ,फ्रान्समा म्याक्रोननको सत्ता गठबन्धनले बहुमत गुमाएछ र कोलम्वियामा दक्षिणपन्थी सत्ता गठबन्धन हारेछ।यता पम्फा-प्रभाकर विजुली युगले रातारात पेट्रोलियमको भाउमा छलांग मारेछ।लौ न१माधब कम्रेड,सुदेश पराजुली खोज्न परो।’