पाँच दलिय सत्ता गठबन्धन एसपीपीको विपक्षमा उभिन सहमत — OSNepal

पाँच दलिय सत्ता गठबन्धन एसपीपीको विपक्षमा उभिन सहमत

LC (KTM) June 20, 2022 0

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विपक्षमा उभिन सहमत देखिएका छन् ।आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको संयुक्त बैठकमा एसपीपीको विषयमा छलफल भएको हो ।यो खबर आजको राजधानी दैनिकमा छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको हित विपरीतका कुनै पनि सम्झौतामा आफूले हस्ताक्षर नगर्ने विषयमा प्रस्ट हुन गठबन्धन आबद्ध दलका शीर्षस्थ नेतालाई आग्रह गरेका थिए ।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनको बैठकमा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को विषयमा व्यापक छलफल भएको र आफूहरूले सो सम्झौता नेपालको हितमा नभएकाले त्यसको विपक्षमा उभिनुपर्ने धारणा राखेको जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर