काठमाडौंमा होमस्टे सञ्चालन, जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था हुने महानगरको निणर्य — OSNepal

काठमाडौंमा होमस्टे सञ्चालन, जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था हुने महानगरको निणर्य

LC (KTM) June 19, 2022 0

काठमाडौं ५ असार । काठमाडौं महानगरपालिकामा अब होमस्टे सञ्चालन हुने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै काठमाडौं महानगरपालिकाले महानगरभित्र होमस्टे सञ्चालन गर्ने निणर्य गरेका हुन् ।

निजी क्षेत्र, व्यवसायी र स्थानीय समुदायसँग सहकार्य गरी होमस्टे सञ्चालन गर्ने बताएका मेयर साहले प्राचीन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रबाट यसको सुरुवात गरिने बताएका छन् ।

होमस्टेमा संलग्न हुने जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गरिने सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आगामी आर्थिक वर्षमा हाँडीगाउँ क्षेत्रमा सम्पदा पुनर्उद्धार गर्दै होमस्टे सञ्चालनको व्यवस्था मिलाइने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर