काठमाडौं ५ असार । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी तेस्रो विस्तारित बैठकमा नेतृत्व चयन प्रति असन्तुष्ट रहेका समूहले नारावाजी कुटपिट गरेका छन् ।
बैठक हलमा विधि विधान लागु गर भन्दै नाराबाजी गर्दै दुई पक्षबिच भएको कुटाकुट पछि उद्घाटन गर्न जान लागे अध्यक्ष प्रचण्ड उक्त बैठकमा नजाने भएका छन् ।
कुटाकुट पछि महासचिव दीपेश पुन झडप रोक्न आफै मैदानमा उत्रिए पनि विरोध र नाराबाजी रोकिएन । असन्तुष्ट पक्षले तानाशाह चल्दैन भन्दै केन्द्रीय समिति बैठकलाई अवैध गुट बैठक संज्ञा दिएका छन् ।