काठमाडौं ५ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिने वा नलिने विषयमा सत्तारुढ गठबन्धनमा विस्तृतमा छलफल नभएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहित विपरीतका कुनै पनि सहमतिमा हस्ताक्षर नगर्ने विश्वास दिलाएको बताएका उनले प्रधानमन्त्रीले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा नगर्ने भनेपछि यसमा धेरै शंका गरिरहनुपर्ने आवश्यकता नभएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘यति क्याटागोरीकल्ली बोलिसकेपछि, गृहमन्त्रीले पनि संसदमा बोलिसकेपछि हामीले धेरै शंका गरिरहनुपर्ने आवश्यकता छैन ।’
नेपाली सेनाले चिठी पठाउने कुरा कुटनीतिक हिसाबले ठीक थियो भन्ने प्रश्न भने खडा भएको सेनाले अर्को देशको कुटनीतिज्ञलाई चिठी पठाउने ठीक थियो कि थिएन रु त्यसमा को कसको भूमिका थियो भन्ने बारेमा छलफल हुनुपर्नेमा जोड दिएका छन् ।