काठमाडौं ५ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने दुस्साहस कहाँबाट आयो भनेर खोजी गर्नुपर्ने बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले सांसद ज्ञवालीले यस्तो बताएका हुन् । ‘सैनिक साझेदारी, त्यसमा पनि यहाँ बेस राख्न मिल्ने गरी । यत्रो दुस्साहस कहाँबाट पलायो होला ?’ ज्ञवालीले भने ।
सिंगो देश एक ठाउँमा उभिएकाले एसपीपी अस्वीकार गर्नेतिर गएपनि १०बुँदे मस्यौदालाई यत्तिकै बेवारिसे छोड्न नमिल्ने बताएका ज्ञावलीले यसले
कतै नेपाली सेनालाई कमजोर बनाउने षडयन्त्र त गरेको होइन भन्ने आशंका भएको समेत बताएका उनले ‘यो कहाँबाट आयो ? गम्भीरतापूर्वक खोजी गरिदिनुपर्छ भनेका छन् ।