काठमाडौं ५ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई राजनीतिक शक्तिबीच जीतहारको विषय बनाउन नहुने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै नेता पोखरेलले यस्तो बताएका हुन् ।
एसपीपीको विषयलाई लिएर जीतहारको विषय बनाउनुभन्दा पनि तथ्यको खोजी गर्नु आवश्यक भएको बताएका छन् ।
‘कसैको जीतहारको विषय बनाउनु हुँदैन । हामी विगतमा कस्तो-कस्तो अवस्थाबाट गुज्रियो भन्ने विषय सम्झिए पुग्छ । कसैले कुन तारिख सम्झना गर्नुपर्ने छैन , जंगी अड्डाले पठाएको पत्र २० दिनपछि नेपाली सेनालाई निर्देशन दिने रक्षा मन्त्रालय कसले लिड गरेको थियो भन्ने ताकीताकी भनिरहनै परेन नि १ त्यो इतिहासमा दर्ज भएको तथ्य हो ।’ उनले भने ।
अमेरिकाको आईपीएस रिपोर्ट २०१९मा प्रकाशित भएपछि नेपालमा सबै सजग भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले बताएका छन् ।
सरकारले अब एसपीपी अगाडि नबढाउने भनेर अमेरिकालाई प्रस्ट भन्नुपर्ने भन्दै हालसम्म भएका जति पनि पत्राचार छन्, त्यसलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पठाउन दिएको निर्देशन सरकारले पालन गर्नुपर्ने उनको धारणा रहेको छ ।