काठमाडौं ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएका छन् ।
अमेरिकी भ्रमणको विषयमा तथा अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) विषयमा छलफल गर्न समितिले बोलाएको बैठकमा देउवा अनुपस्थित भएका हुन् ।
समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा छलफल गर्नको लागि बोलाएको थियो ।
प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले दिएको जानकारी अनुसार काम व्यस्थताको कारण देउवा अनुपस्थित हुन भएका हुन् ।