आज कोरोनाबाट ५२ जनाको मृत्यु — OSNepal

आज कोरोनाबाट ५२ जनाको मृत्यु

LC (KTM) June 16, 2021 0

काठमाडौं । बुधबार २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा निरन्तर घटीरहेको संक्रमण पछिल्लो २४ घण्टामा थप २८२८ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६८७ जनाको पीसीआर र ४३३५ जनाको एन्टिजेन गरी १३ हजार २२ जनाको परीक्षण गरिएको हो । त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या ३ हजार ८२ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा निरन्तर संक्रमितको संख्या घटिरहेका बेला सक्रिय संक्रमितको संख्या ६२ हजार ११७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर