काठमाडौं ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक स्थगित भएको छ ।
असार ७ ८ र ९ गते बस्ने भनिएको बैठक विशेष कारणवश स्थगित भएको बताइएको छ ।
पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एक प्रेस विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएका हुन् ।
बैठकको मिति छिट्टै टुंगो लगाइने पनि विज्ञप्तीमा बताइएको छ ।