काठमाडौं ४ असार । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले यस्तो बताएका हुन् । अहिले नेपालका सबै दलहरू एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको बताएका उनले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको दावी गरेका छन् ।
अहिलेका दल र यसका नेतृत्वकर्ताहरूले सही दिशा दिनुपर्ने बताएका उनले विकास र समृद्धिको पक्षमा दलहरू एकमत हुनुपर्ने बताएका छन् ।
‘अब दलहरूले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी छ । ‘ उनले भने ।
एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने बताएका उनलेविकास र समृद्धिको एजेण्डामा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।