काठमाडौं ४ असार । आइतबार बस्ने संसदीय दलको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाइएको छ ।
शुक्रबार बसको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी भ्रमणको विषयमा छलफल गर्न देउवालाई बोलाइएको हो ।
भोली आइतबार बिहान १० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने समितिको बैठकमा परराष्ट्र नीति कार्यान्वयनका सम्बन्धमा समेत छलफल हुने भएको छ ।
साथै, देउवाको आसन्न अमेरिका भ्रमणको बारेमा पनि छलफल हुने भएको छ । त्यसैगरी, अमेरिकी स्टेट पार्टनसिप प्रोगाम ९एसपीपी० बारे पनि छलफल हुने भएको छ ।