संसदीय निर्वाचन नजिकिदै जाँदा जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र जेल जिवन बिताई रहेका रेशम चौधरीबीच गोप्य भेटवार्ता भएको छ । राउत आफै चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागारमा पुगेको जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिएका छन् । उनीहरुको यो गोप्य भेटमा आगामी चुनावका बिषयमा छलफल भएको र चुनावमा संगै मिलेर जाने सहमति भएको बुझिएको छ ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी आगामी चुनावमा मिलेर गठबन्धन तयारीमा रहेका छन् । सिंहले आषाढ २ गते विहिबार काठमाडौंको डिल्लीबजार कारागारमा जनमत पार्टीका अध्यक्ष डा. सी के राउत र रेशम चौधरीसँग भेटघाट भएको पुष्टि समेत गरेका छन् । उक्त भेटमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी मिलेर गठबन्धन गरी अगाडि बढ्नु पर्ने कुरामा दुवै पक्ष सकारात्मक रहेको बताइएको छ ।