एसपीपी संझौता बिबादलाई लिएर प्रधानसेनापति शर्माले दिए स्पष्टिकरण, भन्छन्– सैन्य गठबन्धन कुनै हालतमा हुदैन भनेको छु — OSNepal

एसपीपी संझौता बिबादलाई लिएर प्रधानसेनापति शर्माले दिए स्पष्टिकरण, भन्छन्– सैन्य गठबन्धन कुनै हालतमा हुदैन भनेको छु

LC (KTM) June 17, 2022 0

पछिल्लो समय अमेरिका संगको एसपीपी संझौतालाई लिएर चर्काे आवाज उठिरहेको छ । ।अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको थियो । यसले नेपालमा एक किसिमको उभार नै सिर्जना गरिदिएको छ । एसपीपी संझौतालाई लिएर प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत चासो देखाएको छ ।

त्यसका लागि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संग सोधपुछ समेत गरेको छ । समितिको शुक्रबारको बैठकमा प्रधानसेनापति शर्माले जवाफ समेत दिएका छन् । उनले नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए । पत्र पठाइएको कुरा भने उनले स्वीकार गरेका छन् । तर सैन्य गठबन्धनका लागि उक्त पत्र नलेखिएको बताए ।

प्रधानसेनापति शर्माले भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको जानकारी दिए ।उनले सैन्य गठबन्धन हुने भन्ने कुराको विरोध समेत गरे । सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई आफुले स्पष्ट पारिसकेको भन्दै उनले यो बिषयलाई थप आशंका नगरि निराकरण गर्न तर्फ लाग्न सुझाव समेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर