कबड्डी ४ को नाममा रेकर्डको ओईरो , तेस्रो साता सम्ममा २१ करोड बढीको ब्यापार — OSNepal

कबड्डी ४ को नाममा रेकर्डको ओईरो , तेस्रो साता सम्ममा २१ करोड बढीको ब्यापार

LC (KTM) June 17, 2022 0

रामबाबु गुरुङ निर्देशित फिल्म कबड्डी ४ ले नेपाली फिल्म ईतिहासकै सबैभन्दा बढी किर्तीमानि रेकर्ड राख्न सफल भएको छ । यस फिल्मले घरेलु बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको रेकर्ड राखिसकेको छ।

त्यस्तै यस फिल्मले अन्य रेकर्डहरुमा अत्याधिक शो पाउने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनर, पहिलो साता सबभन्दा धेरै कमाउने फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म,अष्ट्रेलियामा धेरै कमाउने फिल्म, दोस्रो साता धेरै कमाउने फिल्म, सर्वाधिक कमाइ गर्ने फिल्म, तेस्रो सातामा सबभन्दा धेरे कमाउने फिल्मजस्ता रेकर्ड रहेका छन् ।

तेस्रो सातासम्म यस फिल्मले २१ करोड ३७ लाख कमाएको छ। यसअघि दीपक राज गिरीको छक्का पन्जा ३ ले २० करोड कमाएको रेकर्ड यस फिल्मले ब्रेक गरिदिएको छ । चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार बक्स अफिसमा कबड्डीले करिब ६ करोड र कबड्डी कबड्डीले करिब ९ करोड कमाएको थियो। यसैगरी कबड्डी ३ ले १३ करोड ८५ लाख रुपैयाँ कमाएको थियो।

यसैलाई आधार मान्ने हो भने हालसम्म कबड्डी सिरिजले करिब कु ५० करोड २२ लाख कमाएको छ । सामाजिक कथावस्तुलाई मौलिक रुपमा कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर