काठमाडौं । ‘कबड्डी ४’ले तेस्रो सातासम्म घरेलु बक्स अफिसमा २१ करोड ३७ लाख रुपैयाँ ग्रस कमाएको छ । सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सुचिमा परेकी ‘कबड्डी ४’ले उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख र काठमाडौं उपत्यकाबाट ११ करोड ५८ लाख कमाइ गरेको छ ।
भारतमा ओपनिङ राम्रो रहेको र शुक्रबारदेखि सिक्किमबाहेकका भारतीय राज्यमा प्रदर्शनमा आएको बताइएको छ । शुक्रबारदेखि नेपाली हलमा चौथो सातामा प्रदर्शन सुरु गरेको फिल्मले २२ करोड ग्रसको आँकडा पार गर्ने अनुमान छ । फिल्मले दोस्रो साताको अन्त्यमा ‘छक्का पञ्जा ३’को ओपनिङ रेकर्डलाई उछिनेको थियो ।