काठमाडौं ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री नभएको दावी गरेका छन् ।
शुक्रबार नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले देउवा अहिलेसम्म जतिपटक प्रधानमन्त्री भए पनि चुनाव जितेर नभएको दावी गरेका हुन् ।
देउवा पार्टीभित्रको जालझेल र अदालती तिकडमबाट प्रधानमन्त्री भएको आरोप आरोप समेत लगाएका ओलीले २०५२ सालदेखिको इतिहास स्मरण गराएका छन् ।
‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट । ०५२ सालमा पनि उहाँले नै त्यसैगरी जितेर ल्याउनु भएको हो । ‘उहाँ कहिल्यै पनि निर्वाचनबाट प्रधानमन्त्री बन्नु भा छैन ।’ ओलीले भने , ‘पार्टीभित्रको जालझेल होस् कि देशभित्र वा संसदभित्रको जालझेल वा अदालतको जालझेल र तिक्डमबाट मात्रै हुनुभएको छ’।