काठमाडौं ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेका नेताअ कार्यकर्ता हुन नसक्ने बताएका हुन् ।
यति बेला एमाले तीव्र गतिमा वैचारिक र राजनीतिक लडाई लडिरहेको बताएका ओलीले पार्टीलाई खुइल्याउने र प्रतिष्ठा कमजोर पार्छ भने त्यो पार्टीको नेता कार्यकर्ता केहि नहुने बताएका छन् ।
‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र प्रतिष्ठा कमजोर पार्छ भने त्यो पार्टीको नेता कार्यकर्ता केही पनि होइन’ ओलीले भने ।