तत्कालीन प्रधानसेनापतिले एसपीपीका विषयमा पत्र लेख्दा मलाई जानकारी नै गराएनन्,गुपचुप नै राखियो :अध्यक्ष ओली — OSNepal

तत्कालीन प्रधानसेनापतिले एसपीपीका विषयमा पत्र लेख्दा मलाई जानकारी नै गराएनन्,गुपचुप नै राखियो :अध्यक्ष ओली

LC (KTM) June 17, 2022 0

काठमाडौं ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का विषयमा तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको बताएका छन् ।

सन् २०१५ मा एसपीपीको विषयमा पत्र लेख्दा तत्कालीन प्रधानसेनापतिले त्यस विषयमा जानकारी नै नगराएको बताएका छन् । शुक्रबार आयोजित निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । ‘

हामी कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’ उनले भने।

आफ्नो सरकार आएपछि एण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको बताएका ओलीले त्यसपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको स्पष्ट पारेका छन् ।

आफु प्रधानमन्त्री भएको १५ दिन अगाडी नै प्रधानसेनापति आफैंले पत्र लेखेको विषयमा आफुलाई केहि जानकारी नै नदिएको दावी गरेका ओलीले भने , ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छ । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर