काठमाडौ ३ असार । सरकारसँग प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको छ ।
शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारसँग एसपीपीसँग सम्बन्धित कागजपत्र माग गरेको हो ।
परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मासँगको छलफल पछि समितिले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
साथै, चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अमेरिकी भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन आइतबार बस्ने समितिको बैठकमा बोलाइएको छ ।