काठमाडौं ३ असार । नेकपा एमालेका निर्वाचित जनप्रतिनिधिहरुले संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने बताएका छन् ।
असार २ गतेबाट काठमाडौंमा सुरु भएको भेलामा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको संकल्प पत्र जारी गरेका हुन् ।
नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्पपत्र जारी गरेका छन् ।
आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने भन्दै जारी संकल्पपत्रमा आफूले कुनै भ्रष्टाचार गर्ने छैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं भनी उल्लेख गरिएको छ ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको संकल्प पत्र ;