काठमाडौं ३ असार । राष्ट्रिय सभा सांसद रमेशजंग रायमाझीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनु पर्ने बताएका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा दोस्रो बैठकमा नेता रायमाझीले एसपीपीबारे विभिन्न निकायबाट विभिन्न कुरा आएको भन्दै यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिनुपर्ने माग गरेका हुन् ।
एसपीपी सम्झौता नेपालको हित विपरित रहेको जिकिर गरेका उनले भने, ‘
जसले सम्झौता गरेर गएका छन्। सम्झौताको कुरा उठिरहेको छ। यो होइन भनेर सरकारका मन्त्री र प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ, नियमावलीमा एउटा कुरा लेख्ने, अर्को कुरा खोजि गरेर हिँड्ने। प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ।’
साथै, बैठकमा उनले सरकारले अलिलम्ब मल उपलब्ध गराउनुपर्ने माग राख्दै कृषिमा बजेट छुटयाउने अनि मल उपलब्ध नगराउने भन्दै आक्रोश पोखेका छन् ।