काठमाडौं ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएको छ ।
सुदूरपश्चिममा हुने विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढी जान लागेका प्रधानमन्त्री देउवा सवार हेलिकोप्टरमा इन्धन सकिएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।
इन्धन सकिएपछि भर्नका लागि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकोप्टर अवतरण गरेपछि देउवाले करिब २० मिनेट जति नेता कार्यकर्तासँग
वार्ता गरेका छन् ।
अहिले भने इन्धन भरेपछि हेलिकोप्टर सुदूरपश्चिम उडेको छ ।