काठमाडौं ३ असार । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधव नेपालले निर्देशन दिएका छन् ।
असार ३ र ४ बस्ने गरी तय भएको पदाधिकारी बैठक नेपालले रोक्न निर्देशन दिएपछि युवा संघका नेताहरुमा असन्तुष्टि उत्पन्न भएको हो ।
बैठक रोक्न पार्टीले लिखित सुर्कलर पठाएपछि संघका महासचिव दीपक जिएमले पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेताहरु झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल लगायतको बोदार्थसहित बैठक रोकेका छन्।
युवा संघको बैठक रोकेपछि पार्टीका सम्मानित नेता झलनाथ खनालले संघका नेतारुलाई भेटेर यसबारे अध्यक्ष नेपालसँग कुरा राख्ने बताएका छन् ।