काठमाडौं ३ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।
अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा आलोचना भइँरदा अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न सुझाव दिएका हुन् ।
आज शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी भएका नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै देउवालाई ख्याल गर्न आग्रह गरेका हुन् ।
‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला ।’ नेपालले भने ।