हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ? — OSNepal

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति पुग्यो ?

LC (KTM) June 17, 2022 0

काठमाडौं, ३ असार:

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२५ रुपैयाँ २२ पैसा निर्धारण रहेको छ । बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको थियो ।

युरोपियन युरो एकको खरिददर १२९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३० रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ८७ रुपैयाँ १९ पैसा र जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ३५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ २१ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ २३ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ३९ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ ३१ पैसा र २८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिदमा ४०५ रुपैयाँ ६० पैसा र बिक्रीमा ४०७ रुपैयाँ ५५ पैसा र बहराइन दिनार एकको खरिददर ३३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३३२ रुपैयाँ १५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर