एसपीपी संझौता नेपालले चाहेमा रद्ध गर्न सक्छ- अमेरिकी दुतावास — OSNepal

एसपीपी संझौता नेपालले चाहेमा रद्ध गर्न सक्छ- अमेरिकी दुतावास

LC (KTM) June 16, 2022 0

एमसीसी संझौता पछि चर्काे बिरोध र चर्चा भएको अर्काे संझौता हो स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी । एसपीपी अन्तर्गत प्रस्तावित सैन्य सम्झौता विवादमा परेपछि नेपालस्थित अमेरिकी दूतावासले आफ्नो धारणा ब्यक्त गरेको छ । दुताबासले एक प्रेस बिज्ञप्ति निकाल्दै नेपालले चाहे यो सम्झौता रद्द गर्न सक्ने जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार विज्ञप्ति जारी गरी नेपालले एसपीपी सम्झौताबाट अलग हुन चाहेमा वा त्यसलाई लागु गराउन नचाहेका सहजै सक्ने बताएको हो । त्यतिमात्र हैन अमेरिकी दुतावासको घुमाउरो शैलीमा धम्कि दिदै कुनै पनि देशले एसपीपी कार्यक्रममा भाग लिन चाहँदैन भनेर अमेरिकालाई जानकारी दिन सक्छन्ु, भनेको छन् ।

दूतावासले बुधबार नेपाललाई कुनै सम्झौता प्रस्ताव नगरिएको र त्यस्तो सम्झौता अस्तित्वमा नरहेको दाबी गरेको थियो। तर बिहीबारको बिज्ञप्तिमा उसले सम्झौता भइसकेको बताएको हो। अहिले एसपीपीमा ९० देश आवद्ध रहेको दूतावासले जनाएको छ। तिमध्ये बेलारुसले सम्झौता रद्ध गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर