निहारिकालाई छोरी बनाउँछु भनेपछि सामाजिक संजालमा करिश्मालाई आयो गालीको वर्षा — OSNepal

निहारिकालाई छोरी बनाउँछु भनेपछि सामाजिक संजालमा करिश्मालाई आयो गालीको वर्षा

LC (KTM) June 16, 2022 0

काठमाडौं ।

अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेसँगै विबादमा तानिएकी छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले बलात्कारपछि जन्मिएका निहारिकाका २१ महिने छोरालाई आफूसँगै राख्न चाहेको उल्लेख गरेसँगै संजालका प्रयोगकर्ताले सूर्यकुमारी भेट्न नगई घरमा बसेर फेसबुकमा स्टाटस लेखेर निहारिका र उनको छोराले न्याय नपाउने उल्लेख गरेका छन् ।

करिश्माले निहारिकाको अवस्था देखेर आफू विक्षिप्त भएको र उनी अनसनरत स्थानमा जान समेत आँट नआएको उल्लेख गरेता पनि सामाजिक संजालमा करिश्माको यो निर्णयमाथि खनिँदै न्यौपाने मञ्जुले ासमाजिक संजालमा लेख्छिन् साहारा भन्दा न्यायको लागि पहल गरौँ ।

त्यस्तो सागर सेन्चुरी नामका प्रयोगकर्ता लेख्छन् सूर्य कुमारीजी उहाँलाई न्याय दिलाउन सहयोग गर्नुहोस् । त्यस्तै मोटे थगुना नामक प्रयोगकर्ताले सूर्यकुमारीजीले कुरा बुझिनन् जस्तो छ भनेर लेखेका छन् ।

उनले बिहिबार सामाजिक सञ्जालमा निहारिकालाई छोरीको रुपमा आफूले पाल्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’

उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् । २१ महिनाको आफ्नो दुधे बालकलाई लिएर निहारिका पछिल्लो ७ दिनदेखि अनसनरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर