अभिनेत्री प्रियंका कार्की अब पर्दामा कम ब्याक हुने तयारीमा लागेकी छिन् । सुत्केरी भएपछि घरपरिवारमा आफ्नो बच्चा संगै रहदै आएकी नायिका कार्की अब चाँडै नै छायाँकनको फ्लोरमा जान लागेको सिरिज साहु बा का लागि तयारीमा लागेकी हुन् । उनले यस सिरिजमा फिटनेस महिला इन्सपेक्टरको भुमिकामा देखिनु पर्नेछ । सुत्केरी अवस्थामा लागेको ज्यान लाई उनी यतिबेला कसिलो बनाउन दिनरात पसिना बहाउन सुरु गरिरहेकी छिन् ।
सुत्केरी अवस्थामा उनको तौल ९४ किलो पुगेको थियो ।तौललाई सुत्केरी हुनुअघिकै अवस्थामा लैजान प्रियंकाको दैनिकी अहिले वर्कआउटमा आफ्नो समय ब्यतित गरिरहेकी छिन् । केही महिना यता उनी जिम, जुम्बा र किक–बक्सिङजस्ता व्यायाममा सक्रिय छिन् । दुई महिना भित्रै उनको तौल ९४ बाट घटेर ७१ केजीमा आई पुगेको छ ।
उनले यति छोटो समयमा २३ किलो तौल घटाउन सफल भएकी छिन् । उनले आफ्नो भ्लगमा यस बारे जानकारी दिएकी छिन् । उनले आफु शारिरीक बनाट र उचाई अनुसारको तौल मेन्टेन गर्नका लागि मेहनत गरिरहेको बताईन् । वर्कआउटमा प्रियंकालाई पति तथा अभिनेता आयुष्मानले पनि सघाइरहेका छन् ।