नेपाली सेनाले एसपीपीमा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक, यस्तो लेखिएको रहेछ पत्रमा — OSNepal

नेपाली सेनाले एसपीपीमा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक, यस्तो लेखिएको रहेछ पत्रमा

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीमा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले तत्कालीन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक आज बिहिबार सार्वजनिक भएको हो ।

बिहिबार मात्रै । नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी गरेको थियो ।

उक्त पत्रमा सन् २०१५ को अक्टोबर २७ (२०७२ को कात्तिक १० ) मा नेपाली सेनाका तत्कालीन प्रधानसेनापति क्षत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी। टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनालाई सहयोग गर्ने विषयहरू समेटिएको छ ।

एसपीपीमा सहभागिताका लागि नेपाली सेनाले आग्रह समेत गरेको उक्त सार्वजनिक गरिएको पत्रमा उल्लेख गरिएको छ । उक्त पत्राचार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारको नेतृत्वमा भएको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर