काठमाडौं २ असार । संसदमा नेकपा एमालेको अवरोधका बिच पनि विनियोजन विधेयक २०७९ पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकले विरोधका बाबजुत पनि विनियोजन विधेयक २०७९ पारित गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको जानकारी गराएका हुन् ।
साथै, यसअघि केही सांसदले भने , प्रस्तुत गरेका विनियोजनक विधेयकमाथिको बजेट कटौतीका प्रस्तावलाई बैठकबाट बहुमतले अस्वीकृत गरेको थियो ।
बजेटमाथि उठेका सवालको जवाफ दिन खोज्दा अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको थियो ।