अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता छैन : सञ्चारमन्त्री — OSNepal

अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता छैन : सञ्चारमन्त्री

LC (KTM) June 16, 2022 0

काठमाडौं २ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अमेरिकी सेना नेपाल आएर बस्ने कुरामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को निणर्य सार्वजनिक गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

मसीसी परियोजना अब कार्यान्वयनमा गइसकेको बताएका उनले जुन उद्देश्यका साथ एमसीसी परियोजना लागू भएको छ नेपालको संसदबाट करिव करिव सहमतिमा एमसीसी परियोजना लागू भएको बताएका छन् ।

यसबाट नेपाली जनताले पाउने प्रतिफल देखिँदै जाने समेत बताएका उनले भने, ‘एमसीसी परियोजनालाई समयमै सम्पन्न गरेर यसको लाभबाट नेपाली समाजलाई लाभान्वित गर्नको लागि हामी सबैले साझा प्रयत्न गरौँ । हाम्रो सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । र एक देशबाट अर्को देशको नागरिक अवतजावत गर्ने प्रक्रियाहरु छन् । ती प्रक्रियाबिना कुनै व्यक्ति, सेना आउने, रहने कुरा कुरा मात्रै हो । यसमा कुनै सत्यता छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर