काठमाडौं २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनलाई महासंग्रामको संज्ञा दिएका छन् । बिहिबार निर्वाचित जनप्रतिनिधि प्रशिक्षण दिन आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा ओलीले एमालेले चुनाव मात्र नलडेर एउटा महासंग्राम नै लडेर आएको बताएका हुन् ।
चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेका हुन् ओलीले भने । एमालेसँग बाहेह अन्य कुनै दलसँग विकासको योजना नभएको बताएका उनले देशको विकास गर्ने र समृद्धि बनाउन पार्टी एमाले नै भएको दावी गरेका छन् ।
निर्वाचित जनप्रतिनिधिलाई ओलीले भने , विकासका लागि साझा प्रयास गर्नुहोस र विकासको अभियान्ता बन्नुहोस् ।’