काठमाडौं २ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरेका छन् ।
कोभिड १९ का कारण अस्तव्यस्त भएको पर्यटन विस्तार चलायमान बन्न थालेको भन्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँग यस्तो आग्रह गरेका हुन् । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन यस्ता एक्स्पोहरू निरन्तर भइरहनु आवश्यक हुन्छ, यसले उत्पादन र उपभोक्ताबीचको सीधा सम्पर्क स्थापित गर्न सहयोग पुर्याएको बताएका देउवाले ‘एक्स्पोहरूमा स्वदेशी उत्पादन र स्वदेशी कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक सीपबाट बनेका वस्तुहरूलाई समावेश गरी तिनको प्रचार प्रसार, बजार प्रवर्दन र निकासी प्रवर्द्धनमा ध्यान दिनु आवश्यक रहेको बताएका छन् ।