काठमाडौं २ असार । आज बिहिबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रामक रुपमा देखिने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथी उठेका प्रश्नहरुको बारेमा जवाफ दिने सम्भावित कार्यसूची सा र्वजनिक भएसँगै एमाले आक्रमक रुपमा देखिने भएको हो ।
बैठक आज दिउँसो १ बजे संसद बवनमा बस्ने भएको छ । बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री शर्माले दिने कार्यक्रम रहेकाले एमालेले त्यसको प्रतिवाद गर्ने जनाएको छ ।
बजेटमा निमार्णमा अर्थमन्त्रीले अनधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको आरोप लगाएको एमालेले आजको बैठकमा आक्रमक देखिने भएको हो ।
एमालेले अर्थमन्त्री शर्माको राजीनामा समेत माग गरेको छ । यदि राजीनामा नदिए संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको एमालेले त्यसो नभएसम्म संसद् अवरोध गर्ने जनाएको छ ।