एशियाकै लामो दाह्रा भएको हात्ति भोगेश्वरको निधन, कृषि मन्त्रीले दुःख ब्यक्त गरे — OSNepal

एशियाकै लामो दाह्रा भएको हात्ति भोगेश्वरको निधन, कृषि मन्त्रीले दुःख ब्यक्त गरे

LC (KTM) June 16, 2022 0

यो संसारमा मानिस मात्र सेलिब्रेटी र फेमस हुदैन । कतिपय जनावर, पशुपंक्षी समेतलाई बिश्वभर चिनिने गरिन्छ । यस्तै एक जनावर अर्थात हात्ति भोगेश्वरलाई चिनिन्छ । भोगेश्वर एसिया महादेशकै सबैभन्दा लामो दाह्रा भएको हात्तिको रुपमा चिनिने गरिन्छ । तर जनावरलाई माया गर्नेहरुलाई दुःखद खबर आएको छ । त्यो के हो भने भोगेश्वर हात्तिको निधन भएको छ । यो हात्ति भारतको कर्नाटकस्थित बान्दीपुर टाइगर रिजर्भमा रहेको थियो ।

करिब ६० बर्ष उमेरको यस हात्तिको शनिबार प्राण पखेरु उठ्यो । मृत अवस्थामा फेला परेको यस हात्तिलाई कसैले मारेको हो कि भन्ने अनुषन्धान पनि गरियो तर उक्त हात्तिको प्राकृतिक कारण नै निधन भएको पुष्टि भएको छ । मास्टर काबिनी नामले पनि चिनिने गरेको यो हात्ति पर्यटकको मुख्य आकर्षण रहेको थियो । किनकि यसको दाह्रो अत्यन्तै लामो रहेको थियो ।

वन विभागका अधिकारीहरुका अनुसार भोगेश्वरको एउटा दाह्रा २.५४ मिटर र अर्को दाह्रा २.३४ मिटर लामो रहेको थियो । भोगेश्वरको निधन प्रति दुःख ब्यक्त गर्दै भारतका कृषि मन्त्रीले समेत उक्त हात्तीलाई सम्झिंदै ट्वीट गरेका छन् बिशेष गरेर हात्तिको औषत आयु ६५ बर्षको हुने गरेको बिज्ञहरुको भनाई छ । जंगली हात्तिको तुलनामा घरेलु हात्ति अलि लामो समय सम्म बाँच्ने गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर