मेचम्चीमा बाढीले बितण्डा मच्चाएका बेला पोखरामा सडक भासियो, हेर्नुहोस् यि तस्विरहरु — OSNepal

मेचम्चीमा बाढीले बितण्डा मच्चाएका बेला पोखरामा सडक भासियो, हेर्नुहोस् यि तस्विरहरु

LC (KTM) June 16, 2021 0

पोखरा । केहीदिनदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिलो गइरहेको छ । बाढीका कारण ठूलो धनजनको क्षती भउका बेला अविरल परेको वर्षाको कारण सडक भासिएको छ । पोखरा ३ नदीपुर प्रहरी बिट अगाडि सडक भासिएको जिल्ला प्रहरी कार्यालय कासकीले जनाएको छ । कास्की प्रहरकिा अनुसार उक्त्त सडक भासिँदा ना ८ ख २४२३ नम्बरको ट्रक सडकमा नै भासिएको छ । उक्त्त ट्रकलाई निकाल्ने कार्य जारी रहेको बताइएको छ ।

त्यस्तै गएराती मेलम्चीमा आएको भिषण बाढीका कारण समस्या परेर घरको छतमा पुगेका हेलिकप्टरबाट उद्धार गरिउको छ । नेपाली सेनाका अनुसार आज बिहान मेलम्ची बजारको रोज होटलको छतबाट उनीहरूलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको हो । होटलमा बसेका उनीहरु बाढी आएपछि त्यहीँ फसेर होटलको छतमा बसेर ज्यान जोगाएका हुन् ।

बाढीले वरिपरिबाट होटललाई घेरेको थियो भने केही तला डुबाएपछि नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिउको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले जानकारी दिए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार उनीहरु होटलबाट बाहिर निस्कन नसकेपछि होटलकै छतमा गएका थिए। गएराती आएको भिषण बाढीका कारण ठूलो धनमालको क्षती भएसँगै अहिले उक्त क्षेत्रमा उद्धार र राहात कायृक्रमलाई अगाडी बढाइएको छ । यस्तै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बाढीले ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर