रुपन्देही १ असार । लुम्बिनी प्रदेशमा नेकपा एमाले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशकी राज्यमन्त्री विमलाकुमारी खत्री वलीले सर्वसाधरणको घरमा गई कुटपिट गरी दुव्र्यवहार गरेका विषयमा मुख्यमन्त्रीले जवाफ दिएपछि मात्रै सदनमा बजेट प्रस्तुत गर्न दिने भन्दै एमालेले संसद अवरोध गरेको हो ।
एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री विवादास्पद घटनमा संलग्न भएको भन्दै बर्खास्त गर्न माग गर्नुको साथै बुधबार दिउँसो गरेको निर्णय सुनाएपछि सभामुख पूर्णबहादुर घर्तीले सरकारको ध्यानाकर्षण गराउँदै २५ मिनेटका लागि सदन स्थगित गरेका छन् ।
अहिले अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारीमा भएको भएपनि एमालेका अवरोधका कारण सरेको छ ।
एमालेले यस विषयमा मुख्यमन्त्रीले जवाफ नदिए सम्म सदन चल्न नदिने भएपछि आजै घटनाबारे छानबिन गर्न समिति गठन गरेको गरिएको छ ।